Welcome to my opinions' world.........purely personal...

Home

08 November 2011

वैद्यजीलाई खुला पत्र.....


वैद्यज्यू,
तपाइका उपद्रवहरु सधैं जस्तो पढि(सुनिरहदाँ पनि प्वाक्क बोलि हाल्न मन लागेको थिएन...तर आज बिहानको पत्रिका पढेपछि अब पनि नबोल्नु चाहिँ पाप गर्नु समान हो, जुन मेरो धर्मले दिदैन । तपाईका योगदानहरु नेपाली राजनीतिमा अतुलनीय छन्, तथाकथित जनयुद्धकालमा तपाइ लगायतका साथीहरुले जुन साहस देखाएर अनवरत रुपमा लड्नु भयो त्यसैको बलमा राजा नागार्जुन पलायन भए, खुसिकै कुरा भयो । तर जब देश शान्ति प्रक्रियामा गइसकेको छ, वा भनू तपाइकै भाषामा, "आमूल परिवर्तनको संघारमा छ" त्यस बेला पनि हिजो के गरियो ? के भयो ? भनेर माला जपिबसेर हुदैन, गाइबस्तुले एउटै ¥याल चपाए जस्तो ।

नेपालमा परिवर्तनका खाँचो थियो, छ र सधैँ रहिरहन्छ तर यस्का लागि सधैँ हतियार नै उठाउनु पर्छ भन्ने छैन, यदि यस्तै सोच राखेर परिवर्तनका ठूल्ठूला कुरा गर्नु हो भने पहिले तपाईको सोचमा परिवर्तनको खाँचो छ । अहिलेको कुरामा, तात्तातो सातबुदेँ सहमतिमा सबैको आशा अनुरुप तपाईले धाँवा बोलिहाल्नु भयो । सातबुदे सहमतिको सारा नेपाली जनताले, तपाईले विशेष सहानुभूति राख्ने लडाकूले तथा समस्त कुटनीति समुदायले खुलेर स्वागत ग¥यो । तर तपाईले खै कस्ता जनता फेला पार्नुभयो ? कुन लडाकूको हितमा बोल्नुभयो ? थाहा छैन, आफ्नै हरुवा(चरुवा भेला पारेर कराउनु भयो, अब हरुवा(चरुवाले ताली पड्काउँदा जनता खुसि भए भनेर मुस्कुराउनु तपाईको थोते दाँत देखाएर दुनियाँ हसाउने मेलो मात्र हो, नेताज्यू । नेपाली राजनीतिको हलो, सेना समायोजन र लडाकू व्यवस्थापन सगँै जोडिएर आउने कब्जा सम्पत्ति फिर्ता, वाइ.सि.एलको अर्ध(सैनिक संरचना भंग जस्ता कुरामा बल्ल बल्ल खुस्केको बखतमा तपाइ भने झारफुँक गरी गरी माओ, माओ भनि रहनु भएको, विचार गनुर्स है नेता ज्यू जनता मेरा पक्षमा छन् भनेर फलाक्दैमा जनता आफ्ना हुदैन।

यो पत्र लेखिरहदा मेरो मनमा अर्को बिचार आयो, जसले मलाई ढुक्क बनायो । के ? भनेर बुढो दिमाग नखियाउनुस् नेताज्यू म नै भनिदिन्छु । मलाई झट्टै तपाईको विगत विद्रोह याद आयो । तपाई कट्टरपन्थी हुनुहुन्थ्यो, तर हामी वास्तवीक नेपाली जनताले साँचो प्रकरणबाट मात्रै तपाईका बूढो रगतको हेक्का पायौं । तपाईले छाती पिटि(पिटी भन्नुभयो साचाँे बुझाउनु भनेको जनतालाई अन्तरघात गर्नु हो भनेर तर तपाईका कार्यकर्ता मात्र जनता होइनन्, वास्तविक नेपाली जनताले कुरा बुझिसकेका थिए, तपाईका कुरा घाममा सुकाइदिए । तपाइको बल यत्ति सजिलै कहाँ सकिन्थ्यो र, आखिर सर्वहारा वर्गको नेता, बिप्पाले घात ग¥यो भन्नु भयो, फेरी कुर्लनु भयो । जुन पक्षलाई विप्पाले सबैभन्दा बढि हानि गर्न सक्थ्यो वा बढि फाइदा दिन सक्थ्यो, त्यो पक्षले समालोचनात्मक टिप्पणी ग¥यो र चुप लाग्यो । तपाई बस् राष्टूघाती भनिरहनु भयो, जनताले हाँसेर उडाइदिए । अब पालो सातबुदेँको हो, त्यो पनि तपाई सधै जस्तो कराउनु हुन्छ तर जनताले बुझिसकेका छन् काग कराउदै गर्छ, पिना सुक्दै जान्छ ।

तपाइको हित चिताउने,
क्रान्तिकारी शुभचिन्तक

1 comment:

  1. म श्री एडम्स केविन, Aiico बीमा ऋण ऋण कम्पनी को एक प्रतिनिधि हुँ तपाईं व्यापार लागि व्यक्तिगत ऋण आवश्यक छ? तुरुन्तै आफ्नो ऋण स्थानान्तरण दस्तावेज संग अगाडी बढन adams.credi@gmail.com: हामी तपाईं इच्छुक हुनुहुन्छ भने यो इमेल मा हामीलाई सम्पर्क, 3% ब्याज दर मा ऋण दिन

    ReplyDelete