
समस्याहरु सबैलाई पर्छन र सूचनाको आवश्यकता पनि । मेरा बन्धुहरुले अक्सर मेरा सामु कुनै विषयको जानकारी माग्दा म एक दिनको समय माग्छु । भोलिपल्ट मसँग ऊनीहरुको जानकारी जिज्ञासाको उत्तर तयार हुन्छ । यस विषयमा म 'नो अल ' भनेर परिचित हुनु नौलो भएन । तर मेरा बन्धुहरुले कत्ति बुझे वा बुझेनन्, मलाई थाहा भएन, तर मेरो पनि गड फादर चै अर्को 'नो अल हो', त्यो हो गुगल । जे सुकै जानकारी चाहियो, जस्तो सुकै जानकारी चाहियो वा जे कुरा पनि सिक्नु पर्यो मेरो गडफादरको विकल्प छैन, उनै गडफादर—गुगल ।
मैँले बल्ल कक्षा ९ पुगेपछि इन्टरनेट चलाउने सौभाग्य पाए र जुन दिन मेरा गुरुले इन्टरनेट यहि हो भनेर सिकाउन श्री गणेश गरे त्यहि दिन गुगल र मेरो पहिलो साक्षात्कार भयो । अङ्ग्रजी अक्षरहरु जी ओ ओ जी एल इ लाई मैँले गुगली उच्चारण गर्दा मेरा समकक्षीहरुले दह्रै अट्टाहास छोडे, तर मेरो मनले भने गुगली (दिदी) ले आखिर त्यसतो के गर्छ ? भनेर सोच्दा-सोच्दै हाँसोलाई मौन बहिस्कार गर्यो । खैर कुरा जे भएपनि मेरा गुरुले इन्टरनेट भनेको यहि यो भनेर गुगलीदिदीको परिचय गराएको कारण बुझ्न मलाई समय लागेन । पछि पछिका दिनहरुमा म गुगलीदिदी सँग धेरै नै अभ्यस्त भए र सूचना प्रविधिका अरु थुप्रै आयामहरु, जस्तै इ—मेल, च्याट, मेसेन्जर जस्ता कुराहरु चलाउन गुगली दिदीबाटै सिके ।
आज सम्म आइपुग्दा मेरी गुगलीदिदीले लिङ्ग परिवर्तन गर्नुभयो र मैले गुगल(गडफादर) भन्न थाले । अब भने मेरो 'इन्टरनेट ब्राउजिङ्गको' पहिलो पाइलानै गुगल बन्न थालिसकेको छ । सामाजिक सञ्जालहरु बिकास हुनु पूर्व अनि बिकास भएर सूचना प्रविधिको क्षेत्रमा राम्रै तहल्का मच्चाएपछि पनि गुगलको सान्दर्भिकता भने घटेको छैन । हुन पनि हो, सन् १९९७ मा गुगल डट कम दर्ता भएर सन् १९९८ देखि अमेरिकाको क्यालिफोर्नियाको एउटा सानो ग्यारेज बाट कम्पनीको काम थालेको गुगलले सन् '९८ कै अन्त्यसम्म आइपुग्दा करिब ६ करोड वेवपेजहरुको आफ्नो सर्भरमा सूचित गरिसकेको थियो र सबैको अनुमान विपरित पि.सी. म्याग्जिनले डिसेम्वर १९९८ सम्म आइपुग्दा गुगललाई उत्कृष्ट १०० वेवसाइट भित्र समावेश गर्यो । आफ्नो उपस्थितिलाई अझ मजबुत बनाउदै गुगल आक्रमक रुपमा बढ्दै गयो र विश्वको सबैभन्दा राम्रो र भव्य वेव सर्च इन्जिन बन्न पुग्यो । सन् २००० पछि गुगलले विभिन्न भाषामा आफ्नो उपस्थिति जनाउन थाल्यो जसकारण गुगल थप लोकप्रिय भयो र २००४ सम्म आइपुग्दा वर्ल्ड वाइड वेव (डब्लु डब्लु डब्लु ) मा गरिने सबै सर्चहरुको ८५% हिस्सा ओगट्न सफल भयो ।
सन् २००६ सम्म आइपुग्दा गुगलले आफुलाई इन्टरनेटमा हुने सर्चको पर्याय बनाउन सक्यो अहिले अक्सफोर्ड अङ्ग्रजी शब्दकोशमा गुगल शब्दको अर्थ सर्च इन्जिनमा सर्च गर्नु भन्ने आउँछ । र आजको समयमा यसका अन्य विस्तारित तथा परिमार्जित सुविधाले गर्दा यो अझ लोकप्रिय बन्दै गएको छ, वा भनौँ क्रेज घटेको छैन र इन्टरनेट प्रेमीहरुको एउटैमात्र विकल्प बनेको छ, गुगल ।
आफ्नै जिवनमा पनि मेरो बानी नै गुगल गर्ने भइसकेको छ । गलफ्रेन्डले भेट्न बोलाएकी थिइ, जान त भुसुक्कै बिर्सिएछ, लौ अब के गर्ने । गुगल गरिहेरौँ न त– गरियो, हेरियो, दुई–चारवटा लव एस.एम.एस. मोवाइलमा खर्रर्रर डाउनलोड गरेर पठाइयो, गलफ्रेन्ड खुश । साथीभाइहरु माझ बेला-बेलामा हुने चिया गफ होस् वा अन्य कुनै जमाइ, सूचना–प्रविधिको कुरा गर्दा गुगलको कुरा छुट्दैन, छुटाइहाल्यो भने आज नून नहालेको तरकारी खाइयो भन्ने भान हुन्छ । मैँले गुगल प्रयोग गर्दै जाने क्रममा धेरै कुराहरु मेरा साथीहरुलाई पनि प्रयोग गर्ने सल्लाह दिन थाले ।

“ओए यार सुन न, अमेरिकामा राम्रा युनिभर्सिटिको बारेमा थाहा पाउनु के गर्ने ?” मैँले भने, “गुगल गर ।”
“हाम्रो परिक्षाको रुटिन आयो रे नि हो ?” “मलाई थाहा भएन, गुगल गर ।”
“हैन केटीहरु त मलाई वालै दिएनन त, कसरी पट्याउने ?”, “गुगल गर ।”
''भारतको प्रधानमन्त्री को हो ?'', ''गुगल गर ।''
''बैङ्ककको राम्रो होटल कुन हो ?'', ''गुगल गर ।''
''आज कत्तिको जाडो छ ?'', ''गुगल गर ।''
एकदिन मेरो सधैँको रेडिमेड उत्तर सुनेर एउटाले सटायर हान्यो, “हैन, तँलाई जे सोधे पनि गुगल गर, गुगल गर भन्छस्, तँलाई गुगलले ब्रान्ड एम्बेसडर तोकिदियो कि कसो?” मैँले हाँस्दै जवाफ दिए, “गुगल गर ।”
म श्री एडम्स केविन, Aiico बीमा ऋण ऋण कम्पनी को एक प्रतिनिधि हुँ तपाईं व्यापार लागि व्यक्तिगत ऋण आवश्यक छ? तुरुन्तै आफ्नो ऋण स्थानान्तरण दस्तावेज संग अगाडी बढन adams.credi@gmail.com: हामी तपाईं इच्छुक हुनुहुन्छ भने यो इमेल मा हामीलाई सम्पर्क, 3% ब्याज दर मा ऋण दिन
ReplyDelete