Welcome to my opinions' world.........purely personal...

Home

18 May 2012

र यस्तो पनि: पृथक शैलीमा पुरानै अभियान

देश संघियता केन्द्रित आन्दोलनले तातिरहँदा राजधानीका केहि युवाहरु भने भिन्न पक्षका लागि यतिबेला सडक तताइरहेका छन् । विशेषगरी विभिन्न पक्षहरु जातियता र पहिचान सहितको राज्य संरचनाका लागि नेपाल बन्द, चक्काजाम, हड्ताल वा अनसन जस्ता कार्य गरिरहदा, यी युवाहरु भने पृथक शैलीका साथ सडकमा होमिएका छन् । विगतमा जस्तै प्रत्येक उपलब्धिको साक्षी युवा हुने क्रमसँगै यसपाला पनि यी युवाहरु युगीन उपलब्धिको साक्षी हुन भेला हुन्छन र आफ्नो फरक शैलीमा जेठ १४मा जारी हुन लागेको देशको पहिलो संघिय गणतान्त्रिक संविधानलाई स्वागत गर्न तातिएका छन् । ‘नयाँ संविधानलाई स्वागत गरौं’ भन्ने अभियानका साथ नयाँ बानेश्वर चोक संविधान सभा भवन अगाडि दैनिक एक घण्टा, ५ः३० देखि ६ः३० सम्म, मौलिक तथा नविन शैलीको प्रयोेग गरी नयाँ संविधानको जारी गर्नका लागि सकारात्मक दवाब दिन्छन् ।

यी युवाहरुको नयाँ संविधानलाई स्वागत गर्ने वा भनौं आगामी जेठ १४मा संविधान जारी गर्न सभासद तथा राजनैतिक नेताहरुलाई नैतिक दवाब दिने शैली वास्तवमै भिन्न छ । कहिले ‘‘हे युवा, जय युवा’’ भनेर आपसमा हात समातेर नारा लगाउदै त कहिले नयाँ संविधानलाई स्वागत गर्न सडक किनारमा अविरले नेपालको नक्सा कोरेर त्यसमाथि ममबत्ति बाल्दै यी युवाहरु नयाँ संविधानलाई स्वागत गर्न कसिएका छन् । "हे भन भन साथी हो.....संविधान राम्ररी भन...... हाहै जेठ १४मा...... आउनै लाग्यो.... हाहै पोहोर पनि पाईएन......... हाहै परार पनि पाईएन... हाहै यसपाली त... आउनै पर्छ..." भन्दै देउसी गाँउदै गर्दा भेटिएका एक अभियन्ता रत्नेश शशी, वर्ष २५, भन्छन् ‘‘सधैँ बन्द, हड्ताल, चक्काजाम जस्ता विरोध र आन्दोलनका नाममा जनतालाई दुःख दिने शैलीलाई निरुत्साहित गर्दै यसरी पनि कुनै कार्यका लागि दबाव दिन सकिन्छ भनेर देखाउनु पनि यस अभियानको एक प्रमुख उद्देश्य हो ।’’ त्यसो त आफ्ना सकारात्मक दवाबका कार्यक्रमबाट अरु कसैलाई हानी वा व्यबधान नपुगोस भन्ने कुरामा पनि यी युवाहरु उत्तिकै सजग छन् । सडक किनारमा ब्यानर समाएर उभिएका अर्का अभियन्ता पुकार बम, वर्ष २४, थप्छन्, ‘‘युवा आन्दोलनमा भन्ने वित्तिकै सधैं तोडफोड, ढुङ्गा मूढा, टायर बाल्ने, हिंसा मात्रै हुन्छ भन्ने सोचलाई पनि यस प्रकारको दबावका कार्यक्रमले कसैलाई बाधा नुपुर्याइ आफ्ना कुरा राख्न सकिन्छ भन्ने सन्देश जाओस भन्ने पनि हाम्रो उद्देश्य हो ।’’ त्यसो त यी कार्यक्रमबाट कसैलाई पनि बाधा परेको देखिदैन् । अझ यी युवाहरुले सडकमा तरकारी व्यापार गर्ने व्यापारीहरुबाट दैनिक तरकारी किनेर सहयोग गर्ने गरेको पनि देख्न पाइन्छ ।

यस अभियानमा लागेका युवाहरु एकै प्रकारको नयाँ संविधानलाई स्वागत गरौ लेखिएको सेतो टी-सर्टमा सजिएको देखिन्छन् । तर यी टी-सर्टहरु भने कुनै दातृ निकाय वा अन्र्तराष्ट्रिय संघ-संस्थाबाट प्रयोजित भने होइनन् । एक प्रतिको रु. २५० पर्ने यस टी-सर्टको लागत मूल्य रु. १५० हो र बाँकी रकम मध्ये रु. ७५ गत बैशाख १६ गते सिराहाको शिवनगर र तेनुवापट्टी गा.वि.स.मा भएको आगलागीका अग्निपिडितको नाममा संकलन गरिन्छ र रु.२५बाट भने अभियानका क्रममा हुने खर्चका लागि छुट्ट्याइन्छ । अहिले सम्म रु. ३,२२५ टी-सर्टको बिक्रि मार्फत संकलन भइसकेको छ र यो क्रम जारी छ । यी टी-सर्टहरुको अर्को विशेषता भनेको यी सबै टी-सर्टहरु ‘मेड इन नेपाल’ हुन् ।

देशभरी जातियताको विषयमा चर्काचर्की भइरहँदा यी युवाहरुमा भने जातिय सद्भाव भएको सहजै अनुमान लगाउन सकिन्छ । देशभरीका विभिन्न भूगोलबाट अध्ययन वा रोजगारीका लागि काठमाडौं पसेका र स्थानिय युवाहरु पनि साथ पाएको यो युवा टोलीमा जातियता वा धार्मिक विषयलाई लिएर कुनै मतभेद छैन् । अधिकांश युवाहरु सामथ्र्यका आधारमा संघियता हुनुपर्नेमा एकमत छन् । विभिन्न जात जाती, भौगोलिक प्रदेश तथा पहिचानको संघर्ष भइरहेका बेला उनीहरुलाई यस विषयले नछोएको होइन, तर सबै युवाहरु मात्र आफ्नो पहिचानको नाममा देशलाई टुक्राउनु नहुनेमा जोड दिन्छन् ।

आगामी जेठ १४मा देशमा संविधान जारी नभएमा देशमा संकट आउने र जसरी भए पनि तोकिएको समयाविधि भित्रै संविधान जारी हुनु पर्नेमा दबाव दिन सडकमा उत्रेका यी युवाहरुलाई तोकिएको समयाविधि भित्र संविधान जारी नहुने पो हो कि भन्ने पनि उत्तिकै पिरोलो छ । तर त्यसतो दुःस्वप्नलाई सकेसम्म पन्छाउन आफू भित्रको उट्कुण्ठालाई शालिनरुपमा प्रर्दशन गर्नु नै यो अभियानको लक्ष्य हो । यो अभियानको सफलता जारीको हुन लागेको नयाँ संविधान र नयाँ नेपालको भविष्यसँग जोडिएको छ तसर्थ यो अभियानमा लागेका सबै युवाहरुलाई बन्न लागेको नयाँ संविधान र अभियानको सफलताको शुभकामना !!





फोटो साभार: https://www.facebook.com/groups/232801050154637/

06 May 2012

ढुकुटी महिमा: कसले, किन गाइरहेछन्?

अस्ति एउटा साथीसँगको कुराकानीमा नेपालको अर्थतन्त्रको अर्को पाटोको बारेमा अवगत भयो । त्यो के थियो भने उसले काम गर्ने व्यापारिक भवनमा भाडामा फ्लाट लिएका व्यापारिक संस्थाहरुले धमाधम फ्लाट छाड्ने क्रममा छन् रे । त्यस्तो किन? कारण खोतल्दै जाँदा कारण पत्ता लाग्यो, मानिसहरु सँग पैसा छैन, त्यसैले व्यापार छैन । मेरो तर्क थियो रेमिटेन्स् बढेको बढै छ, आर्थिक अवस्था पनि अघिल्लो वर्षहरु भन्दा राम्रै छ अनि कसरी पैसा छैन भन्नु?
तर वास्तवमै मानिसहरु सँग पैसा रहेनछ । कहाँ गयो त पैसा? यसको खोज गर्नु भन्दा अगाडि केहि तलका दृष्टान्तहरुमा एक नजर हालौ ।
विमलदाईको पसल आजकल त्यति खुल्दैन । राम्रै चलेको थियो उनको हार्डवेयर पसल, मासिक करिब ५०-६० लाखको व्यापार हुन्थ्यो होला, तर पसल नै नखुले पछि व्यापार त हुने भएन नै । किन बन्द हुन थालेछ त त्यति राम्रो सँग चलेको पसल?
प्रभा दिदीको ब्यूटिपार्लर त बडा भरीमै फेमस । साथै सँगै जोडिएको कस्मेटिक पसलले पनि रामै्र व्यापार गर्दथ्यो तर एकाएक दिदीको पसल बन्द हुन थाल्यो । अहिले सुनिन्छ दिदी त्यति राम्ररी चलेको पसल घाटा खाएर बेच्न खोज्दैछिन रे ।

माथिका उदाहरणहरु त प्रतिनिधि घटना मात्रै हुन । काठमाडौंमा यस्ता घटनाहरु कति भेटिन्छन् कति? आखिर के हो त यस्को कारण? मानिसहरुले चल्दै गरेको व्यापार व्यवसायबाट किन विमुख भइरहेका छन् त? यो सबैको एउटै कारण हो- ढुकुटी ।


के हो त ढुकुटी?

ढुकुटी एक प्रकारको खेल हो । यसमा केहि निश्चित विश्वासिला मानिसहरु जम्मा भएर बराबर रकम उठाउने गरिन्छ । उदाहरणका लागि २० जनाले १० लाखको ढुकुटी खेल्ने हो भने प्रत्येक सहभागीले बराबर अर्थात ५० हजार जम्मा गर्नु पर्ने हुन्छ र पहिलो किस्ताको रकम खेल आयोजना गर्नेको हुन्छ । दास्रो किस्ता देखि पनि सबैले बराबर किस्ताको रकम उठाउनु पर्छ तर जम्मा भएको रकममा जुन सहभागीको कम दाबी हुन्छ, रकम उसैको पोल्टोमा पर्छ । उदाहरणका लागि यदि कुनै सहभागीले जम्मा उठेको रकम (यहाँ १० लाख) मा रु ५ लाखमात्रै खाने दाबी गरेमा र सो दाबी अन्य सहभागीहरुको भन्दा न्यून भएमा सो दाबीकर्ताको भागमा उक्त रकम पर्न जान्छ । यसरी रकम दाबी गर्ने व्यवस्था व्यक्तिगत रुपमा कागजको टुक्रा (चिट)मा गोप्य रुपमा लेखेर गरिन्छ र सबै सहभागीले आ(आफ्नो दाबी रकम लेखे पछि सबै सहभागीहरुको चिट संकलन गरेर सबैको सामु खोलिन्छ । यसलाई ढुकुटी खोलेको भनिन्छ । यसरी कम रकम दाबीककर्ताबाट उभरिएको रकम सम्पूर्ण सहभागीमा बराबर बाडिन्छ । यसरी आफूले तिरको कूल रकम भन्दा आफूले दाबी गरेको रकम बढि भएमा फाइदा हुन्छ ।

यसका साथै रकम खानेले कूल ढुकुटी रकमको २ देखि १० प्रतिशतसम्म आयोजक मार्फत ढुकुटी आयोजना गर्दा खर्चनु पर्ने हुन्छ । उक्त रकम ख्वाइ-प्याइ तथा यातायातमा खर्च गरिन्छ । यसरी प्रत्येक किस्ता कति समयको अन्तरालमा खोलिने हो त्यहि अनुसार माथि उल्लेखित प्रक्रिया दोहो¥इन्छ ।


ढुकुटी खेल्न प्रायस् महिला तथा गृहणीहरु सक्रिय रहेको पाइन्छ तर पुरुषहरुको संलग्नता पनि कम भने चै होइन । यस खेलमा ठूल्ठूला घराना देखि उच्च ओहोदाका कर्मचारीका गृहणीहरु पनि संलग्न रहेको पाइन्छ । आर्थिक हैसियत हेरी १ लाख देखि करोडौंको खेल यसमा खेल्ने गरिन्छ ।

प्रायस् विश्वासिला मानिसहरु मात्रै जम्मा भएर खेलिने यो खेलमा सबै विश्वासिला निस्कदैनन् । साथसाथै, एक व्यक्तिले एक भन्दा बढि समूहमा आवद्ध रहि खेलेको पाइन्छ । यसरी एक भन्दा बढि समूहको आवद्धताले कसैकसैको हकमा महिनामा २० देखि ५० वटा खेलमासम्म उपस्थित रहेको पाइन्छ । अब, अत्याधिक आबद्धता सँगसगै बढि रकमको खेलमा एक व्यक्तिले मात्रैपनि विश्वास तोडेमा ठूलो रकमको ठगी हुन पुग्छ । ढुकुटी खेल्नु÷खेलाउनु आफैँमा गैरकानूनी भएकाले उक्त किसीमका ठगी उपर कानूनी कारबाहीको दायरा रहदैन ।

ढुकुटीको बड्दो लोकप्रियता सँगै मानिसहरुले अन्य व्यापार व्यवसायबाट लगानी निकाली ढुकुटीमा लगानी बढाएका छन् । यसले गर्दा बजारमा उत्पादनशील क्षेत्रमा लगानी घटेको छ साथै ठगीको क्रम पनि बढेको पाइएको छ जसले गर्दा आत्महत्या, हत्या जस्ता अपराधहरु बढ्ने क्रममा छन् । बैैंक तथा वित्तिय संस्थाहरुमा ठूलो रकम एकैदिनमा बचत गरिने र दोस्रो दिन निकालिने भएकाले अस्थिरता बढाएको जानकारी एक बैंकरले दिए ।

किन नियन्त्रणमा छैन त ढुकुटी?

प्रायस् गोप्यरुपमा घर, रेष्टुराँ वा त्यस्तै सुरक्षित स्थानमा खेलिने भएकाले ढुकुटीको खबर प्रहरीकोमा पुग्दैन । पुगिहालेको खण्डमा पनि पर्याप्त प्रमाण पु¥याउन गा¥हो हुने र उच्च ओहोदाका सरकारी कर्मचारी, राजनैतिक नेता र प्रहरी अधिकृतहरुकै श्रीमतिहरुको संलग्नता हुने भएकाले स्थिति अझ कठिन रहेको जानकारी नाम नखुलाउने शर्तमा एक प्रहरी अधिकृतले दिए । प्रहरीको जानकारीमा ठगी भएको तथा आत्महत्याको केसहरु आएतापनि उजुर गर्नेहरुले ढुकुटीको कारणले भएको भनेर उल्लेख गर्न नरुचाउने गरेको पाइन्छ ।


यसरी नेपालमा प्रत्येक शहरमा झाङगीदै गरेको यस खेलले रेष्टूराँ व्यवसायलाई छाडेर अन्य सबै क्षेत्रलाई नकारात्मक असर गरेको पाइन्छ । भएका व्यापार व्यवसाय धमाधम बन्द हुदैँ ढुकुटीमा हुने गरेको लगानीलाई तुरुन्त रोक्न पहल नगर्ने हो भने निकट भविष्यमा यसले समग्र अर्थतन्त्रलाई नै ओरालो तिर डोहो¥याउने निश्चित प्रायस् छ । यसका लागि आजै देखि सबैले आ-आफ्नो स्तरबाट लाग्नु जरुरी भैसकेको छ । बन्द गरौं ढुकुटी !!