Welcome to my opinions' world.........purely personal...

Home

09 November 2011

हजुरआमा मैँले जे देखेँ-१; मेरो चाँहि लिन्छु, तिम्रो दिदै दिन्न !!


हजुरआमा, मेरो वास्तविक पेशा विद्यार्थी हो, र स्वाभावले पनि म विद्यार्थी नै हूँ । हाम्रो देशमा विद्यार्थीहरुको विशेष योगदान रहेको छ, यो कुरा जगतलाई थाहा छ । तपाई पनि ऊ जमानामा विद्यार्थी हुनुहुदो हो । तपाईहरुको मिहेनत र परिश्रममा हाम्रा गनाउने पसिना जोडिदा यो देशले धेरै कुरा पाएको छ । अझ राजनीतिका त कुरै छाडौ, देशका समग्र राजनैतीक उपलब्धिमा विद्यार्थी वर्गको विशेष योगदानको चर्चा राइ दाईको समोसा तार्ने तेल जस्तै हो, सधैँ तातो को तातै । आजका बलिया-बाङ्गा नेताहरु देखि हैकम राख्ने नेता सम्म विद्यार्थी राजनीतिको बलमा माथी पुगेका हुन, भनिरहनु नपर्ला । त्यै भएर पनि राज्यले विद्यार्थीलाई सधैँ मान-मनितो गरिआएकै छ । हुन त विद्यार्थीहरुले नि समय-समयमा सडक उचालेका पनि छन् । जे जसरी होस्, राज्यले विद्यार्थीहरुलाई हेरेकै छ । हेर्नु पर्ने अर्को कारण विद्यार्थी जिवनमा खड्किने कड्की पनि हो, जुन जस्तो सुकै विद्यार्थीले झेल्नै पर्छ ।


पढ्ने मात्रै पेशा भएका विद्यार्थीहरुलाई बा-आमाले दिएको ठिक्क रकमले सबैकुरा पु¥याउने आफ्नै धौधौ हुन्छ । साथीभाइहरुसँग कलेजको क्याइटिनमा खाँदा(खाँदै कहिले काँहि त धेरै खाइहालिन्छ, गर्लफ्रेन्डले पनि कहिले मुभि जाऊ भनि हाल्छे, यसो उसो गर्दा बजेटमा रास आइहाल्छ, अनि जोगाएर खर्च गर्न कर लागिहाल्छ, महशुस भइहाल्छ, एक रुपैँयाको पनि कत्रो मोल हुन्छ भनेर । अब कुरा गरौँ काम गर्ने विद्यार्थीका । पढाइ सँगै अरु पेशा पनि अगाल्ने वा श्रृगार नगरी सिधा भाषामा भनौं, काम गर्ने विद्यार्थीहरु पनि आफ्नै रडाँको छ । घरमा सजिलै भनि दिन्छन्,'' ए तैँले कमाइ हाल्छस्, आफ्नो खर्च र पढाईको खर्च त बेहोरिहाल्छस् नि ।'' अलि थोरै तलब हुने त भनिहाल्छन् यत्ति कमाको त आफ्नै खर्च थेक्दैन, पढाइको खर्च चाँहि कहाँ बाट ल्याउनु, फुत्किन सजिलो पनि छ, तर ठिक-ठिकै कमाउनेहरुलाई भने ठूलै फसाद छ । पढाइको खर्च पनि आफै बेहोर है भन्दा नाई कसरी भन्नु, हुन्छ भन्नै प¥यो, मुसुक्क हास्नै प¥यो । हुन्छ त भनियो तर अब मिलाउनको समस्याले सताइ हाल्छ । अब कमाउने भए पछि, काम गरे पछि, घरबाट बिहान खानै खाएर आएको भए पनि दिउँसो खाजा नखाइ चित्त बुझदैन, खाजा खानै प¥यो । पढाईको खर्च छदँै छ, कलेज जाँदा ए तँ त कमाउछस् नि भनेर साथीहरुले अलिअलि दङग्याइ हाल्छन, हस् भन्नै प¥यो । बल्ल बल्ल विदाको दिनमा गलफ्रेन्डले भेट्दा डिमान्ड अलि बढि भैहाल्छ, गोपीकृष्ण छोडेर क्यू.एफ.एक्स. भन्दा नाई भन्यो भने बेलुका फोनको बिल बढाउने बहाना बन्छ, मुन्टो हल्लाउनै प¥यो, अनि त के चाँहियो र बजेटको गडबडि शुरु भै हाल्छ, तलब आउन अझै डल्लै महिना बाँकि छ । यी यस्तै कारणले प्रत्येक लिद्यार्थीले एक रुपैयाँको पनि मोल बुझेको हुन्छ, राम्रो सँग । हजुरआमा, यस्ता सबैकुरा बुझेर नै होला राज्यले विद्यार्थीलाई गाडि भाडा भने सहुलियत देको छ, धन्न प्रभो !!


हजुरआमा, अब कुरा गरौँ, गाडी भाडाको । राज्यले विद्यार्थी भनेर ४५% गाडि भाडामा सहुलियत देको छ । बानेश्वरबाट त्रिचन्द्र पुग्न आफ्नो बजेट छुट्टयाएर पन्ध्र रुपैँयाको लेखाजोखा राख्ने विद्यार्थी धेरै छन् । ढिला हुन्छ कि भनेर हत्तपत्त गाडिमा उक्लियो, कहिले बस्ने ठाँउ पाए त मारिदिनु । लौ नेपाल !! उभ्भिएर जाऔँ न त, नहुनुमा भन्दा कोनिकेमा निको भने झैँ भनेर घुर्सिनु नै प¥यो । भिडमा गुम्सिदाँ गुम्सिदै पैँसा भन्दै सहचालकले कुरा उप्काइहाल्छ । धर्म त छोड्नु भएन, पैसा त दिनु परि नै हाल्छ, खल्तिमा छाम्दा दशको र पाँचको एक-एकवटा नोट । लिनुुस दाई कार्ड छ, भनेर दशको नोट दियो, लिएर सहचालक अर्कै तिर व्यस्त, फर्केर हेर्ने फुर्सदै हुदैन वा नियतै हुदैन भग्वान जानून । झर्ने बेला भयो, बाँकि पैसा फिर्ने कुरै कतै निस्कदैन । दाइ मेरो फिर्ता खोइ त ? भनेर कुरा मात्र के खसालिएको हुन्छ, दिदैँ छु त कत्ति किचकिच गरेको भनेर प्वाक्क खाइन्छ । रत्नपार्क झर्नुस है भनेर भन्दा सम्म फिर्ता पैँसा खै कता हो कता ? गाडिबाट ओर्लदै माग्यो अनि बल्ल मन भारी पारेर खल्तिमा हात हाले जसो गर्छन् सहचालक मित्र, अनि ङिच्च हास्दै भन्छन्, दाइ चानचुनै रहेनछ, अर्को चोटि लिनु है १ लौ, अब परेन त फसाद१ यत्ति भन्दा नभन्दै गाडी घुइकीहाल्छ, अब त्यै गाडिमा अर्को चोटि कसरी चढ्नु वा दुई रुपैँयाका लागि कता दौडिनु ? लौ, दुइ रुपैया त हो नि भन्यो माया मा¥यो ।
कलेज त आइयो, पढियो पनि, अब घर त जानु पनि त छदै छ । चढ्न भ्याएको हुदैन, भाडा पाउँ त भनेर सुनिहालिन्छ । लौ आपत, दश रुपैँयाबाट त फिर्ता आएन अब के गर्ने ? अघिको गाडिमा जस्तो भयो त्यसै गर्ने, गोजिबाट पाँच रुपैँया निकाल्ने दिने, बजेटमा त मर्का पार्नु भएन ।

यत्ति ले त पुग्दैन अरु दिनुस ।

अब बार्गेन गरिहेरौ न त १ दाई बानेश्वरसम्मको भाडा कत्ति रुपैँया ?

१३ रुपँैया ।

४५% को हिसाबले कटाएर दिदाँ ७.१५ रुपैँया हुन आउँछ ।
ए उसो भए विद्यार्थी भाडा सात रुपैँया हो त दाई ?

कहाँ सात रुपैँया खुरुक्क आठ रुपैँया झिक्नुस् न ।
लौ १५ पैसा चै छोड्न नमिल्ने, ८५ पैसा चैँ बढि लिनु हुने ? यो कहाँको काइदा हो ? यसै छोडिन मैँले पनि ।

होइन दाई, सातै रुपैँया हो, यो समाउनुस् पाँच रुपैँया, दुई रुपैया पछि मिलाउला नि हुन्न?

पछि मिलाउला रे, के हो त्यो भनेको ? तपाईलाई फेरी कहिले भेट्ने ? धेरै किचकिच नगरीकन खुरुक्क दिनु न, कस्तो किचकिचे मान्छे रुछ बा ?

हजुरआमा, अब भने यता उताका मान्छे पनि हेर्न थाले । इज्जत त जोगाउनै प¥यो । केहि नलागेर पर्सबाट पाँच सयको नोट निकालेर दिए, उसले दुई रुपैँयाका लागि पाँचसयको नोट खुरुखुरु साट्यो र बानेश्वर आयो झर्नुस भन्यो । म वाल्ल परेर गमी रहे, मेरो सधैँको यस्तो दैनिकीलाई सोचिरहे ''यो कस्तो सहुलियत हजुरआमा ? यो कस्तो छुट ?''


यस लेखको आगामी अङ्कमा हजुरआमाको सुझाव सहित, हजुरआमा मैँले जे देँखे -२ मा प्रस्तुत गर्नेछु ।

1 comment:

  1. म श्री एडम्स केविन, Aiico बीमा ऋण ऋण कम्पनी को एक प्रतिनिधि हुँ तपाईं व्यापार लागि व्यक्तिगत ऋण आवश्यक छ? तुरुन्तै आफ्नो ऋण स्थानान्तरण दस्तावेज संग अगाडी बढन adams.credi@gmail.com: हामी तपाईं इच्छुक हुनुहुन्छ भने यो इमेल मा हामीलाई सम्पर्क, 3% ब्याज दर मा ऋण दिन

    ReplyDelete