Welcome to my opinions' world.........purely personal...

Home

11 March 2013

राशिफल


‘आऽऽऽऽऽ....’, उसले आङ्ग तान्दै छेवैमा भएको घडी हेर्याे । ‘लौ मार्याे, आठ बजिसकेछ, आज पनि अफिस ढिला हुने भो’, यति सोचेर ऊ जर्याकजुरुक उठ्यो । खाट नजिकै भएको पानीको बोतल हातमा लिएर कूल्ला गर्दै थुक्न पूर्व पट्टीको झ्यालको पर्दा हटायो । झ्याल खोल्यो । मुखमा भएको पानी थुक्यो । अनि सुस्तरी आकाशतिर  हेर्यो । असोज मासको दिन भएर होला बिहानै देखि पारिलो घाम लागेको थियो, तर कतै कतै बादल पनि थिए । एउटा बादलको टुक्रा भने अचम्मकै थियो । उसको नजर त्यही बादलमा एकटकले अडियो । त्यो बादलको टुक्रा साच्चै अचम्मको थियो, बिचमा खाली भएर वरीपरी गोलाकार थियो – चुरा जस्तै । बिचबाट निलो आकाश देखिन्थ्यो, छर्लङ्ग, तर गोलकार भाग अचाक्ली नै कालो थियो । सानो छँदा स्कूलमा नयाँ ‘ब्लाकबोर्ड’मा देख्दा कस्तो कालो रहेछ भनेर जिब्रो टोकेको जस्तै, ‘ब्लाकबोर्ड’को शुद्ध ब्लाक जस्तै ।

एकछिन त्यै बादलको टुक्रामा समय बिताएर पुलुक्क घडीमा हेरेपछि ऊ झल्यास्स भयो, ‘‘ला, ढिला भइसकेछ’’ । हत्तपत्त नित्यकर्म सकेर अफिस पुग्दा दशको फेरो काँटाले नाघिसकेको थियो । कसैसँग नबोली सरासर आफ्नो  क्याबिनमा पुगेर ऊ थ्याच्च थेच्चीयो । ‘सर, कफि लिनुहुन्छ?’, रमेश भाइको आवाज सुनेर उसको ध्यान मोडियो । ‘हँ? ....अहिलेलाई परेन, तिमी जाऊ पछि चाहियो भने म आफैँ  बोलाउछु’, बिहान चिया पनि नखाई अफिस आए पनि उसले नजानीकनै इन्कार गर्यो । कुर्सीमा बसीरहन सकेन । जुरुक्क उठेर क्याबिनको झ्याल तिर लम्कीयो । आज उसलाई कसै सँग कुरा गर्न मन छैन तर अफिस आए पछि नबोलीकन चल्दैन् । यो कुरा उसले मजाले बुझेको छ । सकेसम्म आज ऊ सबैलाई ‘अभोइड’नै गर्ने सुरमा छ, कति बेला ५ बज्छ अनि घर गएर सुतौ भन्ने सुरमा ।

                  

‘‘ला, खाएर आ’को सुरमा, झ्याल त रातभरी खुल्लै भएछ ।’’, अघिल्लो रातको अलिकति बदमासीको नमूना उसको कोठामा अझैँ बाँकी थियो । वास्तवमा, त्यै झ्यालबाट आ’को किरणबाट उसको निद्रा खुलेको हो, नत्र आज फेरी दिनभर फुस हुन के बेर! ‘ओहो, आज पनि घाम माथि पुगिसकेछ’, यति सोचेर ओछ्यानबाट उठ्नमात्र के खोजेको थियो, छेवैमा रहेको फोन् करायो – ढुँढुँ..ढुँढुँ....

 ‘अ भन् सुवाष’ ‘हिजो, तेरो मुड अफ थियो रे, मोबाइल पनि स्वीच अफ थियो, के भा’को थियो?’, एकै सासमा यत्ति धेरै प्रश्न तेर्सियो फोनको अर्को पट्टीबाट ।

 ‘अँ, अलि डिस्टब्र्ड नै थिए, त्यै भएर मोबाइल पनि अफ गरेको, अनि तैँले चैँ कसरी थाहा पाइस नि?’ “तेरो कुरा मलाइ थाहा नभए कसलाई थाह हुन्छ त?”, सुवाष ठालू पल्टियो ।

 “त्यै रचनाले भनि होली, अरु कसको काम हुन सक्छ र? ल तँ मेरो मै आइज, आज अफिस पनि बिदा छ, कतै बाहिर जाउँला”, फोन काट्न तम्तयार हुदैँ उसले भन्यो ।

सुवाष उत्तर पर्खन उसले जरुरी ठानेन् । ओछ्यानबाट उठ्दै उसले त्यै पूर्व पट्टीको झ्यालको पर्दा खोल्दै आकाश तिर नियालो । वास्तवमा उसको नित्यकर्म मध्येकै एक थियो – बिहान एक पटक त्यो झ्यालबाट दुनियाँ वा भनौँ आकाश हेर्ने । आज खासै अनौठौ छैन आकाश, साबिक झै खुला छ । पर एउटा कुनोमा सेतो बादलको पातलो धर्सो छ, ङिच्च हासेको ‘स्माइली’ जस्तै :)  । त्यो देखेर उसको अनुहारमा पनि अर्को ‘स्माइली’ बन्यो । यत्तिकैमा फेरी फोन बज्यो, सुवाषको रहेछ ।
 “कति चाँडो आइपुगेछ, यो मूला पनि”, आकाशको ‘स्माइली’सँग बिदा मागेर ऊ ढोका तिर लम्कियो ।

                  

 बिहानको दश बजे सके पनि आज उसले सुवाषको फोन उठाएन । सुवाषलाई थाहा थियो, राति अबेर सम्म बाहिर बसो भने यो मान्छे बिहान चाडै उठ्दैन । तर खासै रात पनि छिप्पिएको होइन, हिजो रात, ११ बजे उसलाई घरमा छोडेर आ’को । त्यै पनि सुवाषले उसलाई विश्वास गरेन अनि फेरी गर्याे, तर यो पटक पनि उसको फोन उठेन । दुई पटक पनि फोन नउठे पछि सुवाषले मन मार्याे – “आज पनि यो मान्छे अफिस गएन होला ।”

 उसले सुवाषको मात्रै होइन, अफिसबाट आएको फोन पनि उठाएन । ओछ्यानको छैवैमा दिनभर फोन ‘भाइब्रेट’ गरिरह्यो । साझँ पर्नै लाग्दा सुवाषले फेरी फोन गर्याे, यस पल्ट लगातार तीन पटक । तीन पटक पनि फोन नउठेपछि सुवाषले रचनालाई फोन लगायो र रचनाबाट पनि उसको स्थिति पत्तो लगाउन सकेन ।

 “टक..टक...टक”, ढोकाको चुकुल बेसमारी ढोकामा बजार्दा पनि न भित्रबाट आवाज नै आयो, न ढोका नै खुल्यो । अब भने सुवाषको मनमा चिसो पस्यो, अलिक आत्तियो पनि । उसको फ्लाट तलतिर बस्ने दुईजना अरु केटाहरुलाई पनि बोलायो । तीनजना भएर ढोका तोडेर भित्र पसे । ऊ खाटमा मस्त पल्टेको जस्तो देखिन्थ्यो । झ्याल खुल्लै थियो, बिहानै देखि खुलेको वा भर्खरै, थाहा भएन । सुवाष नजिकै गयो । खाट नेर पुग्यो र उसलाई उठाउन खोज्यो । यत्तिकैमा उसको हातबाट एउटा पाना खस्यो, र त्यसमा लेखिएको थियो “आज आकाशमा बादल छैन, आकाश शून्य छ” । सुवाषले आफ्नो हात उसको नाक सम्म पु¥यायो । उसले सास लिन छाडिसकेको थियो ।


18 May 2012

र यस्तो पनि: पृथक शैलीमा पुरानै अभियान

देश संघियता केन्द्रित आन्दोलनले तातिरहँदा राजधानीका केहि युवाहरु भने भिन्न पक्षका लागि यतिबेला सडक तताइरहेका छन् । विशेषगरी विभिन्न पक्षहरु जातियता र पहिचान सहितको राज्य संरचनाका लागि नेपाल बन्द, चक्काजाम, हड्ताल वा अनसन जस्ता कार्य गरिरहदा, यी युवाहरु भने पृथक शैलीका साथ सडकमा होमिएका छन् । विगतमा जस्तै प्रत्येक उपलब्धिको साक्षी युवा हुने क्रमसँगै यसपाला पनि यी युवाहरु युगीन उपलब्धिको साक्षी हुन भेला हुन्छन र आफ्नो फरक शैलीमा जेठ १४मा जारी हुन लागेको देशको पहिलो संघिय गणतान्त्रिक संविधानलाई स्वागत गर्न तातिएका छन् । ‘नयाँ संविधानलाई स्वागत गरौं’ भन्ने अभियानका साथ नयाँ बानेश्वर चोक संविधान सभा भवन अगाडि दैनिक एक घण्टा, ५ः३० देखि ६ः३० सम्म, मौलिक तथा नविन शैलीको प्रयोेग गरी नयाँ संविधानको जारी गर्नका लागि सकारात्मक दवाब दिन्छन् ।

यी युवाहरुको नयाँ संविधानलाई स्वागत गर्ने वा भनौं आगामी जेठ १४मा संविधान जारी गर्न सभासद तथा राजनैतिक नेताहरुलाई नैतिक दवाब दिने शैली वास्तवमै भिन्न छ । कहिले ‘‘हे युवा, जय युवा’’ भनेर आपसमा हात समातेर नारा लगाउदै त कहिले नयाँ संविधानलाई स्वागत गर्न सडक किनारमा अविरले नेपालको नक्सा कोरेर त्यसमाथि ममबत्ति बाल्दै यी युवाहरु नयाँ संविधानलाई स्वागत गर्न कसिएका छन् । "हे भन भन साथी हो.....संविधान राम्ररी भन...... हाहै जेठ १४मा...... आउनै लाग्यो.... हाहै पोहोर पनि पाईएन......... हाहै परार पनि पाईएन... हाहै यसपाली त... आउनै पर्छ..." भन्दै देउसी गाँउदै गर्दा भेटिएका एक अभियन्ता रत्नेश शशी, वर्ष २५, भन्छन् ‘‘सधैँ बन्द, हड्ताल, चक्काजाम जस्ता विरोध र आन्दोलनका नाममा जनतालाई दुःख दिने शैलीलाई निरुत्साहित गर्दै यसरी पनि कुनै कार्यका लागि दबाव दिन सकिन्छ भनेर देखाउनु पनि यस अभियानको एक प्रमुख उद्देश्य हो ।’’ त्यसो त आफ्ना सकारात्मक दवाबका कार्यक्रमबाट अरु कसैलाई हानी वा व्यबधान नपुगोस भन्ने कुरामा पनि यी युवाहरु उत्तिकै सजग छन् । सडक किनारमा ब्यानर समाएर उभिएका अर्का अभियन्ता पुकार बम, वर्ष २४, थप्छन्, ‘‘युवा आन्दोलनमा भन्ने वित्तिकै सधैं तोडफोड, ढुङ्गा मूढा, टायर बाल्ने, हिंसा मात्रै हुन्छ भन्ने सोचलाई पनि यस प्रकारको दबावका कार्यक्रमले कसैलाई बाधा नुपुर्याइ आफ्ना कुरा राख्न सकिन्छ भन्ने सन्देश जाओस भन्ने पनि हाम्रो उद्देश्य हो ।’’ त्यसो त यी कार्यक्रमबाट कसैलाई पनि बाधा परेको देखिदैन् । अझ यी युवाहरुले सडकमा तरकारी व्यापार गर्ने व्यापारीहरुबाट दैनिक तरकारी किनेर सहयोग गर्ने गरेको पनि देख्न पाइन्छ ।

यस अभियानमा लागेका युवाहरु एकै प्रकारको नयाँ संविधानलाई स्वागत गरौ लेखिएको सेतो टी-सर्टमा सजिएको देखिन्छन् । तर यी टी-सर्टहरु भने कुनै दातृ निकाय वा अन्र्तराष्ट्रिय संघ-संस्थाबाट प्रयोजित भने होइनन् । एक प्रतिको रु. २५० पर्ने यस टी-सर्टको लागत मूल्य रु. १५० हो र बाँकी रकम मध्ये रु. ७५ गत बैशाख १६ गते सिराहाको शिवनगर र तेनुवापट्टी गा.वि.स.मा भएको आगलागीका अग्निपिडितको नाममा संकलन गरिन्छ र रु.२५बाट भने अभियानका क्रममा हुने खर्चका लागि छुट्ट्याइन्छ । अहिले सम्म रु. ३,२२५ टी-सर्टको बिक्रि मार्फत संकलन भइसकेको छ र यो क्रम जारी छ । यी टी-सर्टहरुको अर्को विशेषता भनेको यी सबै टी-सर्टहरु ‘मेड इन नेपाल’ हुन् ।

देशभरी जातियताको विषयमा चर्काचर्की भइरहँदा यी युवाहरुमा भने जातिय सद्भाव भएको सहजै अनुमान लगाउन सकिन्छ । देशभरीका विभिन्न भूगोलबाट अध्ययन वा रोजगारीका लागि काठमाडौं पसेका र स्थानिय युवाहरु पनि साथ पाएको यो युवा टोलीमा जातियता वा धार्मिक विषयलाई लिएर कुनै मतभेद छैन् । अधिकांश युवाहरु सामथ्र्यका आधारमा संघियता हुनुपर्नेमा एकमत छन् । विभिन्न जात जाती, भौगोलिक प्रदेश तथा पहिचानको संघर्ष भइरहेका बेला उनीहरुलाई यस विषयले नछोएको होइन, तर सबै युवाहरु मात्र आफ्नो पहिचानको नाममा देशलाई टुक्राउनु नहुनेमा जोड दिन्छन् ।

आगामी जेठ १४मा देशमा संविधान जारी नभएमा देशमा संकट आउने र जसरी भए पनि तोकिएको समयाविधि भित्रै संविधान जारी हुनु पर्नेमा दबाव दिन सडकमा उत्रेका यी युवाहरुलाई तोकिएको समयाविधि भित्र संविधान जारी नहुने पो हो कि भन्ने पनि उत्तिकै पिरोलो छ । तर त्यसतो दुःस्वप्नलाई सकेसम्म पन्छाउन आफू भित्रको उट्कुण्ठालाई शालिनरुपमा प्रर्दशन गर्नु नै यो अभियानको लक्ष्य हो । यो अभियानको सफलता जारीको हुन लागेको नयाँ संविधान र नयाँ नेपालको भविष्यसँग जोडिएको छ तसर्थ यो अभियानमा लागेका सबै युवाहरुलाई बन्न लागेको नयाँ संविधान र अभियानको सफलताको शुभकामना !!





फोटो साभार: https://www.facebook.com/groups/232801050154637/

06 May 2012

ढुकुटी महिमा: कसले, किन गाइरहेछन्?

अस्ति एउटा साथीसँगको कुराकानीमा नेपालको अर्थतन्त्रको अर्को पाटोको बारेमा अवगत भयो । त्यो के थियो भने उसले काम गर्ने व्यापारिक भवनमा भाडामा फ्लाट लिएका व्यापारिक संस्थाहरुले धमाधम फ्लाट छाड्ने क्रममा छन् रे । त्यस्तो किन? कारण खोतल्दै जाँदा कारण पत्ता लाग्यो, मानिसहरु सँग पैसा छैन, त्यसैले व्यापार छैन । मेरो तर्क थियो रेमिटेन्स् बढेको बढै छ, आर्थिक अवस्था पनि अघिल्लो वर्षहरु भन्दा राम्रै छ अनि कसरी पैसा छैन भन्नु?
तर वास्तवमै मानिसहरु सँग पैसा रहेनछ । कहाँ गयो त पैसा? यसको खोज गर्नु भन्दा अगाडि केहि तलका दृष्टान्तहरुमा एक नजर हालौ ।
विमलदाईको पसल आजकल त्यति खुल्दैन । राम्रै चलेको थियो उनको हार्डवेयर पसल, मासिक करिब ५०-६० लाखको व्यापार हुन्थ्यो होला, तर पसल नै नखुले पछि व्यापार त हुने भएन नै । किन बन्द हुन थालेछ त त्यति राम्रो सँग चलेको पसल?
प्रभा दिदीको ब्यूटिपार्लर त बडा भरीमै फेमस । साथै सँगै जोडिएको कस्मेटिक पसलले पनि रामै्र व्यापार गर्दथ्यो तर एकाएक दिदीको पसल बन्द हुन थाल्यो । अहिले सुनिन्छ दिदी त्यति राम्ररी चलेको पसल घाटा खाएर बेच्न खोज्दैछिन रे ।

माथिका उदाहरणहरु त प्रतिनिधि घटना मात्रै हुन । काठमाडौंमा यस्ता घटनाहरु कति भेटिन्छन् कति? आखिर के हो त यस्को कारण? मानिसहरुले चल्दै गरेको व्यापार व्यवसायबाट किन विमुख भइरहेका छन् त? यो सबैको एउटै कारण हो- ढुकुटी ।


के हो त ढुकुटी?

ढुकुटी एक प्रकारको खेल हो । यसमा केहि निश्चित विश्वासिला मानिसहरु जम्मा भएर बराबर रकम उठाउने गरिन्छ । उदाहरणका लागि २० जनाले १० लाखको ढुकुटी खेल्ने हो भने प्रत्येक सहभागीले बराबर अर्थात ५० हजार जम्मा गर्नु पर्ने हुन्छ र पहिलो किस्ताको रकम खेल आयोजना गर्नेको हुन्छ । दास्रो किस्ता देखि पनि सबैले बराबर किस्ताको रकम उठाउनु पर्छ तर जम्मा भएको रकममा जुन सहभागीको कम दाबी हुन्छ, रकम उसैको पोल्टोमा पर्छ । उदाहरणका लागि यदि कुनै सहभागीले जम्मा उठेको रकम (यहाँ १० लाख) मा रु ५ लाखमात्रै खाने दाबी गरेमा र सो दाबी अन्य सहभागीहरुको भन्दा न्यून भएमा सो दाबीकर्ताको भागमा उक्त रकम पर्न जान्छ । यसरी रकम दाबी गर्ने व्यवस्था व्यक्तिगत रुपमा कागजको टुक्रा (चिट)मा गोप्य रुपमा लेखेर गरिन्छ र सबै सहभागीले आ(आफ्नो दाबी रकम लेखे पछि सबै सहभागीहरुको चिट संकलन गरेर सबैको सामु खोलिन्छ । यसलाई ढुकुटी खोलेको भनिन्छ । यसरी कम रकम दाबीककर्ताबाट उभरिएको रकम सम्पूर्ण सहभागीमा बराबर बाडिन्छ । यसरी आफूले तिरको कूल रकम भन्दा आफूले दाबी गरेको रकम बढि भएमा फाइदा हुन्छ ।

यसका साथै रकम खानेले कूल ढुकुटी रकमको २ देखि १० प्रतिशतसम्म आयोजक मार्फत ढुकुटी आयोजना गर्दा खर्चनु पर्ने हुन्छ । उक्त रकम ख्वाइ-प्याइ तथा यातायातमा खर्च गरिन्छ । यसरी प्रत्येक किस्ता कति समयको अन्तरालमा खोलिने हो त्यहि अनुसार माथि उल्लेखित प्रक्रिया दोहो¥इन्छ ।


ढुकुटी खेल्न प्रायस् महिला तथा गृहणीहरु सक्रिय रहेको पाइन्छ तर पुरुषहरुको संलग्नता पनि कम भने चै होइन । यस खेलमा ठूल्ठूला घराना देखि उच्च ओहोदाका कर्मचारीका गृहणीहरु पनि संलग्न रहेको पाइन्छ । आर्थिक हैसियत हेरी १ लाख देखि करोडौंको खेल यसमा खेल्ने गरिन्छ ।

प्रायस् विश्वासिला मानिसहरु मात्रै जम्मा भएर खेलिने यो खेलमा सबै विश्वासिला निस्कदैनन् । साथसाथै, एक व्यक्तिले एक भन्दा बढि समूहमा आवद्ध रहि खेलेको पाइन्छ । यसरी एक भन्दा बढि समूहको आवद्धताले कसैकसैको हकमा महिनामा २० देखि ५० वटा खेलमासम्म उपस्थित रहेको पाइन्छ । अब, अत्याधिक आबद्धता सँगसगै बढि रकमको खेलमा एक व्यक्तिले मात्रैपनि विश्वास तोडेमा ठूलो रकमको ठगी हुन पुग्छ । ढुकुटी खेल्नु÷खेलाउनु आफैँमा गैरकानूनी भएकाले उक्त किसीमका ठगी उपर कानूनी कारबाहीको दायरा रहदैन ।

ढुकुटीको बड्दो लोकप्रियता सँगै मानिसहरुले अन्य व्यापार व्यवसायबाट लगानी निकाली ढुकुटीमा लगानी बढाएका छन् । यसले गर्दा बजारमा उत्पादनशील क्षेत्रमा लगानी घटेको छ साथै ठगीको क्रम पनि बढेको पाइएको छ जसले गर्दा आत्महत्या, हत्या जस्ता अपराधहरु बढ्ने क्रममा छन् । बैैंक तथा वित्तिय संस्थाहरुमा ठूलो रकम एकैदिनमा बचत गरिने र दोस्रो दिन निकालिने भएकाले अस्थिरता बढाएको जानकारी एक बैंकरले दिए ।

किन नियन्त्रणमा छैन त ढुकुटी?

प्रायस् गोप्यरुपमा घर, रेष्टुराँ वा त्यस्तै सुरक्षित स्थानमा खेलिने भएकाले ढुकुटीको खबर प्रहरीकोमा पुग्दैन । पुगिहालेको खण्डमा पनि पर्याप्त प्रमाण पु¥याउन गा¥हो हुने र उच्च ओहोदाका सरकारी कर्मचारी, राजनैतिक नेता र प्रहरी अधिकृतहरुकै श्रीमतिहरुको संलग्नता हुने भएकाले स्थिति अझ कठिन रहेको जानकारी नाम नखुलाउने शर्तमा एक प्रहरी अधिकृतले दिए । प्रहरीको जानकारीमा ठगी भएको तथा आत्महत्याको केसहरु आएतापनि उजुर गर्नेहरुले ढुकुटीको कारणले भएको भनेर उल्लेख गर्न नरुचाउने गरेको पाइन्छ ।


यसरी नेपालमा प्रत्येक शहरमा झाङगीदै गरेको यस खेलले रेष्टूराँ व्यवसायलाई छाडेर अन्य सबै क्षेत्रलाई नकारात्मक असर गरेको पाइन्छ । भएका व्यापार व्यवसाय धमाधम बन्द हुदैँ ढुकुटीमा हुने गरेको लगानीलाई तुरुन्त रोक्न पहल नगर्ने हो भने निकट भविष्यमा यसले समग्र अर्थतन्त्रलाई नै ओरालो तिर डोहो¥याउने निश्चित प्रायस् छ । यसका लागि आजै देखि सबैले आ-आफ्नो स्तरबाट लाग्नु जरुरी भैसकेको छ । बन्द गरौं ढुकुटी !!

12 April 2012

२०६८ को छोटो क्रियाकरम

हामीले समाउन खोज्दा पनि २०६८ चिप्लिनै आटेको छ । हामी सबैले यो साल समाउन खोजेकै हो, के अर्थमा भन्नुहुन्छ भने देशको राजनैतिक अवस्थालाई लिएर । जेठ १४ को विकल्प छैन र त्यो दिन प्रत्यके २४ घण्टाको अन्त्य सँगै वेतोड सँग अघि आउदैछ । हाम्रा नेताज्यूहरुको वार्ता भने ज्युका त्यू । अनि ६८ साललाई समात्न नखोजेर के गर्नु ? उनीहरुको हातमा हुन्थ्यो भने त झन् चैत र बैशाख बिचमा पनि अर्को महिना थप्थे होला, बरै के गर्नु समयले बिचरा भन्दो रहेन छ, खैर मै भनिदिन्छु, बिचरा !! अब, आलटालमै बितेको ६८ लाई हत्तेरीका भन्दै जेठ १४ सम्ममा संविधान जारी गर्न कमर, टोपी के के कस्न सकिन्छ कसी हाल्ने हो कि ?


अब कुरा गरौ आर्थिक हिसाबको । ६८ साललाई ‘लक्की’ नै मान्नुपर्छ । वर्षौको परम्परा तोड्दै समयमा नै बजेट आयो तर त्यो पनि हात्ती आयो हात्ती आयो फुस्स भने जस्तो मात्रै भयो । आर्थिक वर्षको ९ महिना सकिदासम्म पनि पूजीगत खर्च खासै गर्न नसेको कुरा अर्थ मन्त्रालयले लाजै पचाएर अस्ति भर्खर भन्यो । अब यस्तो स्थितिमा आर्थिक वृद्धिदरका कुरा बिहारलाई नै छाडिदिए जाति होला, किन बेकारमा विश्लेषण गरेर नदुखेको टाउको दुखाउनु । अनि इन्धन्, भाडा र बजार भाउ सँग सँगै बडेको घरवेटीको भाउले बाँच्न हम्मे हम्मे नै पारी सक्यो, त्यै पनि कोइ चूँ नगरेको देख्दा कहिलेकाही आफैँ चूँ गर्छु, कसैले सुनेको भए त मारीदिनु !




६८ सालको चर्चा गरीरहँदा नेपाली चलचित्र (हुन नसकेको) उद्योगको कुरा नगर्दा अलि सौताको ब्यवहार गरे जस्तो होला । नेपाली चलचित्र (हुन नसकेको) उद्योगमा संकटकालको घोषणाको कुरा हुनै लाग्दा बजारमा ‘लुट’ चोलि उदारेर इज्जत बचायो । धन्य, तिमीले चोलि उदारेछौ भन्नेहरु कति निस्किए कति ! अब अरु चलचित्र त नेपाली नै होइनन् बस् ९० देखि ९५ सम्म बनेका विदेशी चलचित्रका छाँयाप्रति हुन, नपत्याए पोस्टर हेरेर पनि अलि अलि छनक पाउन सकिन्छ । अब, लुट जस्ता मौलिक चलचित्र बनायो भने कमाउन सकिन्छ, फ्लिम बनाउन पैसा, बल भन्दा पनि दिमाग चाहिन्छ पासा दिमाग,

भन्ने सबै निर्माता–निर्देशकलाई चेतना भया !


प्र–हरीका ठूल्ठूला सा’बहरुलाई सदर खोर पु¥याउँदा खाँटी–खाँटी राष्ट्रसेवक र जनताप्रमीले स्वागत गर्दा सुडान प्रकरणको रक्सीको ढ्याउ पचाउन अलि सजिलो भयो होला । यस हिसाबमा, अख्तिार र अदालतले हामी पनि काम गर्न सक्छौ है भनेर दिएको सङ्केत राम्रै लाग्यो । यसले नेताहरुलाई अलि अत्याएको पक्कै छ नत्र पहिले नै स्वतन्त्र न्यायपालिकामा सहमति बनि सक्थ्यो । साथसाथै, जेठ १४ लाई सबैले अन्तिम म्याद मान्नै पर्छ भनेर गरेको निर्यण पनि स्वागत योग्य हो, म कुनै पार्टीको कार्यकता होइन, त्यै भएर पनि खुलेरै स्वागत गर्छु ।

राष्ट्रिय खेलकुदको सफल आयोजन गर्यौ भनेर मख्ख परिरहेका सुदुर पश्चिमका जनतालाई बन्दोबस्ती र लगानीका हिसाबमा राज्यले ढुङ्ग्राले हानेकोमा भने अमिलो पक्कै भएको छ । खेलाडीहरुले पनि नाक खुम्च्याउनु खुम्च्याए, खुसी फर्केका मान्छे भनेको युवराज लामा मात्रै होलान, सबै भन्दा बडि मेजमानी खाएर, अरुको त कन्त विजोग । तर ए.एफ.सीको सफल आयोजन भने रामै्र कुरा हो, हामीले बेहोरेको हार बिर्सन हो भने । तर कसरी पो बिर्सनु, हामी यसपाला पनि सधैँ जस्तो गोल ठोक्नमै चुक्यौ । गोली मात्रै ठोक्न जान्ने गोर्खेको जात, गोल के ठोक्थ्यो भनेर खीसी गर्नेको मुखमा ताला लगाउन नसकेकोमा चैँ अलि मन पोलेको छ । त्यसो त क्रिकेटमा त नेपालले कमाल गरेकै हो नि । सबै भन्दा पुछारमा रहेका हामी सातौ भएर आयौँ त्यो पनि केन्या जस्तो देशलाई हराएर । अर्को टी–ट्वान्टी वल्र्डकपमा हामी पक्कै पुग्छौं ।


समग्रमा अब मेरा कुरा गर्दा चैँ, ६८ साल पनि लगभग अर्काको पैसामा घुमेरै बिताइयो, यसपाला ६९मा पनि त्यो क्रम वैशाखै देखि शुरु हुदैछ, आशा छ यो वर्ष चैँ नेपाल घुमेर सक्छु होला, सकिन भने तपाईलाई खबर गर्छु, सहयोग गर्नुहोला । हवस् त, अब अर्को सालमा भेटौँला, तपाईको राजनैतिक त भन्दिन, व्यक्तिगत र पेशागत जिवनमा सोचे जस्तो राम्रो, राम्री होस्, हाम्रो देशले नि संविधान पाओस्, काठमाडौंले फ्लाईओभर र मेलम्ची पाओस्, सबैको भलो होस । जदौ ।

23 February 2012

शहर चर्चा

अघिल्लो दिन समसुहाउँदो देखेको संरचना भोलिपल्ट भत्किसकेको हुन्छ, दुःख पनि लाग्छ, सँगै सडकहरु बिस्तार हुँदै छन् भनेर अलि सन्तोष पनि लाग्छ । तर जे जसो भए पनि बानेश्वरमा मानिसको भिड सधैँ नै हुन्छ, जस्ताको त्यस्तै । आखिर काठमाडौंको मुटु हो क्यारे (सबै ठाँउलाई यहाँ मुटु नै भन्ने चलन छ, त्यहि पछ्याएको हो मैँले पनि । मान्छेको चाँहि एउटा मुटु हुन्छ, शहरको कत्ति हुन्छ मलाई थाहा भएन) ।


बानेश्वरको ६०१ बैठक भवन अगाडिको पानी ट्याङ्कीको डल्लो थामेको संरचनाको तलपट्टिको दिवाल सँगै रहेको यी दिदीको चिया पसल, रामकसम सबै लोकमा चर्चा छ । सभासद देखि सभामुख सम्म, बैङ्कर देखि हकरसम्म, बिकासे कार्यकर्ता देखि व्यापारी सम्म, सबै यी दिदीको चियाको फ्यान् हुन । म त्यो फ्यान्का् भिडमा नपर्ने त कुरै भएन । चिया पनि त अचाक्ली मिठो छ, चाख्नु भएको छैन, भने चाख्नुस एक पटक, एक कपको १२ रुपैँया मात्रै हो ।
केहि दिन अघिको एक साँझ, एक दिन अगाडि चिया खाएको पसल झ्यापझुप्प प्लाष्टिकले छोपेको देखेर वाल्ल परे । हैन कहाँ गइछन् यी साहुनी दिदी आज भनेर आँखा डुलाउँदा नजिकै भेटि हाले ।

‘‘हैन दिदी आज चिया नखुवाउने ?’’ मँैले सोधिहाले ।
‘‘ खुवाउँन त खुवाउथे तर खोल्नै दिदैनन्, पसल ।’’, दिदीले गुनासो पोखिन ।
‘‘किन र दिदी ?’’ मैँले मन थाम्न सकिन ।
‘‘ आज पनि नगरपालिकाका मान्छे आएका छन्, तीनका बाजेहरुलाई यो हटाउनु पर्यो रे’’, दिदीले एकै श्वासमा आक्रोश पोखिन् । मैँले कुरोको चुरो बुझिहाले ।


बानेश्वरमा छिर्केमिर्के पोसाक लगाएका सशस्त्र प्रहरीहरु देख्नु कुनै ठूलो कुरो भएन, झन् अहिले शहर भत्केको भत्कैछ । अनामनगर तिर जाने सडकको छिर्ने मोडमा माछा पसल र पान पसल भएको घर झ्वाम्म भत्केको थियो, साथै यी दिदीको चियाको पसल छेऊको पिपलको रुख पनि जरै देखि उखेलिएको थियो । तर त्यस कुराले यी दिदीलाई खासै फरक नपार्नु पर्ने, तर नगरपालिकाका कर्मचारीको उपस्थितिले स्थिति प्रतिकूल पारिदिएछ । सडक छेउ गरिएका व्यापारमा उनीहरुको आँखा लागेको रैछ यस पालि ।
मैँले उनको कुरामा विरोध पनि जनाइन, न सहमति नै, तर छेउमै भएको एउटा साथीलाई चाँहि सोध्न भ्याइहाले, ‘‘ ओए केटा, यो सडक छेऊमा व्यापार गर्नु ठिक कि बेठिक ?’’
‘‘ह्या, यी सबलाई हटाउनु पर्छ, पेटीमा हिड्न कम झ्याउँ हुन्छ ’’
‘‘कुरा त ठिकै गरिस् तर त्यो तैँले अस्ति १६० रुपैँयामा किनेको जुत्ता अरु ठाँउ किन्न पाउँथिस्, सिटि सेन्टर वा सिभिल मलमा त त्यो बेच्दैन होला नि ?’’
‘‘त्यो त हो, तर यसले गर्दा सडक दुर्घटना हुने सम्भावना त हुन्छ नि !’’
‘‘न्यू रोडको भित्रि सडकहरुमा, सडक आधा ढाक्ने गरी चिल्ला कारहरु राख्दा चै केहि नहुने, कसैले सडकमा त्यसको साटो व्यापार गर्यो भने चैँ सबैको टाँउको दुख्ने ’’
‘‘त्यो त हो ! ’’
लौ एकजनाले भए पनि मेरो बिचार प्रति सहमति जनायो । हाम्रो कुरा सुनेको पनि नसुनेको झैँ गरेर सँगै एकजना वृद्धा बसिरहेकी थिइन्, टुकरुक्क । शुरुमा त कुरा गर्न त्यति नमाने पनि एक छिनमा ती बृद्धाले कुरा खोलिन । ५८ साल तिर एउटा भएको छोरोको पनि विदेशमा मृत्यु भए पछि, बुहारी र सानो नातिलाई चेपेर काठमाडौं छिरेकी रहेछिन् । गाँउमा भएको अलिकति जग्गा पनि धितो राखेको र बैङ्क धितो सकारे पछि उपाय नभएर बाटो लागेकी रै’छिन्, ती बृद्धा र अलिकति ऋणपान गरेर सासु बुहारी भएर सडक छेऊ सानो तरकारी पसल बिछाएकी रै’छिन । अघिल्लो पटक त जोगिएछ तर यस पटक भने नगरपालिकाको गाडिमा उनको व्यापार, गरी खाने मेलो सकिएछ । अब कसरी भँुडी पाल्ने र अब फेरी शुरु गर्न कता ऋण खोज्ने चिन्ताले उनलाई ढाकेको थियो, अब उपाय के त ?अघिल्लो साँझ मिनभवनको उरालोमा लाग्ने ठाँउमा नगरपालिकाका बडा हाकिमले आफ्नो सानदार कार सडक किनारमा रोकेर फूलको बुके झैँ एक मुठो साग कारको पछिल्लो सिटमा राखेर हुइँकिएको याद आयो । आखिर हुकुम चलाउनेहरुलाई पनि त तरकारी त सडकै चाहिदो रै’छ त ?



सडक व्यापार के आफैँमा शहरको समस्या हो त ? सरकारी ओहोदामा बसेकाहरुको उत्तर हो भन्ने आउँछ, र अधिकांश हाम्रो पनि तर न्यून आय भएकाहरुको एउटा गतिलो गरी खाने साधन हो, सडक व्यापार । सस्तो र ताजा तरकारी खोज्न जसको पनि सहज गन्तव्य हो सडक व्यापार । एसी भएको पसलमा रु १००० पर्ने चाइनिज जुत्ताको रु २५०मा सहज खरीदारी गर्ने स्थल हो सडक व्यापार । आर्थिक हिसाबमा समग्र अर्थतन्त्रलाई कस्तो असर पारेको छ भन्ने कुरा, अहिले खोज नगरौँ तर सामान्य जनजीवनको सहज र शुलभ विकल्प हो सडक व्यापार । हजारौ गरी खाने वर्गको रोजिरोटी हो सडक व्यापार, खै त यो कुरा हाम्रो सर्वहारा वर्गको नेतृत्व गर्ने सरकारले बुझेको ? साँच्चै, सडक व्यापारले शहरको सुन्दरता विग्रिन्छ भने, त्यस्ता व्यापार र व्यापारीहरुलाई उचित जिविकापार्जनको विकल्प दिइनु पर्दछ र हामी जस्ताले फेरी पनि भोलिको दिनमा १६०मा जुत्ता किन्न पाउनु पर्छ, अनि मात्रै केहि गरे ठिक होला, होइनभने गरीब जनताको ढाड मिचेर उभिएको शहरको जग बलियो हुदैन । होशियार !!

05 February 2012

चमत्कारलाई नमस्कार !!


म जन्मेको घर अगाडि मन्दिर छ र मेरो बाल्यकालका अधिकांश समयहरु त्यहि मन्दिरको वरीपरि खेलेर वित्यो । यसो हुँदा मेरो बालमस्तिष्क हिन्दू धर्मका अन्र्तगत मानिएका भग्वान वा भगवतीहरुको चर्चा—परिचर्चाले भरिनु नौलो कुरा भएन । ‘कृष्ण कन्हैया लालकी जय’ जस्ता जयजयकार र समय समयमा भइरहने भजन किर्तनहरु मेरा कानमा कति परे कति । म पनि राम्रै भजन गायक र वाद्यवादकका रुपमा केटाकेटी देखि नै चिनिन्थे । मेरो कलिलो दिमागले म यो किन गरिरहेको छु ? भन्ने विश्लेषण गर्ने भेउ पाउँदैन्थ्यो, तथापि मलाई रमाइलो भने अवश्य हुन्थ्यो, शायद यहि रमाइलो नै मेरो धर्म, भजन किर्तन प्रतिको उत्प्रेरणा थियो होला । उर्धमूलमधसाखः म्स्वाथ्म्प्राहुरव्यम् भन्दै गीताको हरफहरु कण्ठ गरीरहँदा म मेरा अन्य साथीहरु भन्दा छिटो यी हरफहरु कण्ठ गर्न सक्छु भन्ने प्रमाणित गर्नु मेरा लागि उत्कट इच्छा हुन्थ्यो, नकि ती हरफहरुले भन्न खोजेको सार बुझ्न, र मलाई आज पनि यीनको अर्थ थाहाछैन ।
आजसम्म आइपुग्दा मैँले हिन्दू धर्मको थोरैबहुत विश्लेषण गर्ने शक्ति आर्जेको छु । मलाई के थाहा छ भने विश्वमा जति पनि धर्महरु छन् तिनीहरुको एकमात्र, विशुद्ध ध्येय जनकल्याण हो । प्रत्येक धर्मले सत्य र परोपकारलाई अगालेको हुन्छन्, र सोहि अनुरुप कर्मको मार्गनिर्देशन गरेका हुन्छन् । साँच्चै प्रत्येक धर्मको मूल सार भनेकै परोपकार हो, परसेवा नै हो तर ती सबै कुरा सिकाउने वा हाम्रा रोल मोडेल बनेका भगवान चाँहि भगवान कसरी भए ? यहि प्रश्नको उत्तर खोजीरहँदा मैँले गतिलै जवाफ भेट्टाए । यो आख्यानको मूल उद्देश्य पनि त्यहि नै उत्तर उजागर गर्नु हो ।
हामीले मानिआएका केहि भग्वान वा भगवतीहरुको उदाहरण लिऊ । शुरु गरौं कृष्णबाट । कृष्णले, वसुदेव र देवकीका आठौँ पुत्रका रुपमा राजा कंशको जेल भित्र जन्म लिए । कंशले सुनेको भविष्यवाणी अनुसार देवकीको आठौं पुत्रबाट आफ्नो मृत्यु हुन्छ भन्ने भयले देवकीका यसअघिका छ सन्तानहरुले बाँच्न पाएनन् । तर अचम्म, कृष्ण जन्मँदा त जेलका द्वारहरु आफैँ खुले, द्वारपालेहरु एका—एक बेहोश भए, वासुदेवले राता—रात जमुना नदि तारेर कृष्णलाई गोकूल पु¥याए, कत्रो चमत्कार ! त्यसपछि त कृष्णले जे गरे त्यो सबै उनको लीला ठहरियो । अरुका घरमा गएर चोरी गरेपनि, अरुका श्रीमतिहरुलाई मध्य रातमा वनमा बोलाएर नाँच नचाएपनि, जे गरे पनि, जसो गरे पनि, उनका प्रत्येक कार्य÷कर्तुतलाई लीला नै भनियो, चमत्कार भनिएन र तर तीनै लीला भनिने चमत्कारहरुले उनलाई असाधारण बनायो, उनी भग्वान कहलिये । जय कृष्ण शरणम् !!
अब भगवान्को कुरा गरेपछि भगवतीको चर्चा गरिएन भने अन्यथा होला । चर्चा गरौं सिंहको सवारी गर्ने दुर्गा माताको । वर्षैपिच्छे, दश दिन सम्म उनैको पूजा गरेर दशैँ मनाइन्छ, उनको महिमा गाइन्छ, उनैका नाममा बलि चडाइन्छ —सुत्केरीको नाम गरी टाउको मैँले खाँए भने जस्तै भएता पनि— हर्षउल्लास गरी मनाइन्छ तर दुर्गाको वाहन सिंह नभएको भए, कसैले मार्न नसक्ने राक्षसलाई मार्न नसकेको भए उनलाई कस्ले पूज्थ्यो होला ? प्रष्ट भएर भन्नु पर्दा, उनले चमत्कार नगरेको भए उनको भक्ति कस्ले गथ्र्यो होला ? अब दुर्गाको भक्तिलाई के भन्नु उपयुक्त होला, दुर्गा भगवतीको भक्ति वा उनले गरेका चमत्कारको भक्ति ? दुर्गालाई नमस्कार कि चमत्कारलाई नमस्कार ?

हिन्दू धर्मानुसार सत्ययुग वा अन्य दिव्य युगहरुको अन्त्य भएपछि पनि वा भनौँ अहिलेको समयमा पनि चमत्कार वा जादू—टोना, ज्योतिष विद्याको प्रयोग गरेर भगवान कहलिने धङधङ्गी छुटेको छैन् । साइबाबालाई भगवान भनेर पूज्ने भक्तजनको कमी छैन हामीकहाँ किनकी उनी असाधारण थिए रे । जादूगरी गरेर हातबाट विभिन्न समाग्रीहरु उत्पन्न गराउँदथे र थोरै बहूत धार्मिक दर्शन÷प्रवचन दिन्थे र उनी भगवान कहलिए, तर निरपेक्ष भएर सोच्ने हो भने कि त उनी जादूगर थिए कि त दार्शनिक थिए वा जादूगर र दार्शनिक दुवै, नकि भगवान् ।
यहाँसम्म आइपुग्दा तपाइसँग मलाई एउटा प्रश्न गर्न इच्छा जागेर आयो । कतै तपाईले मानेको भगवान पनि उनले गरेका चमत्कार, ज्योतिष विद्या वा दर्शनका कारण त भगवान कहलिएका त होइनन् ? यदि तपाईको उत्तर हो भन्ने आउँछ भने तपाईले पनि मैँले जस्तै वास्तविक भगवानको खोजी गर्नु आवश्यक छ । त्यो वास्तविक भगवानको खोजी आवश्यक छ ।
यसरी सबै भगवान वा भगवतीहरुको अस्तित्वलाई प्रश्न उठाइरहदा एउटा प्रश्न जायज रुपमा उठ्न आउँछ । आखिर सबै भगवान र भगवतीहरु फगत चमत्कारी वा दार्शनिक मात्र हुन भने भगवान कसलाई मान्ने ? आखिर भगवान भनेको को हो त? यो प्रश्नको उत्तर म तपाईलाई नै खोज्न आग्रह गर्छु किनभने तपाईको भगवान् र मेरो भगवानको परिभाषा फरक हुन सक्छ । मेरा भगवानको परिभाषाको कुरा गर्नुहुन्छ भने मेरो सरल जवाफ छ, मेरो भगवान त्यहि होे जसले मलाई, मेरो मनलाई वास्तविक शान्ति दिन्छ । महिना भरी काम गरेर जब महिनाको अन्त्यमा म तलब थाप्छु, त्यो तलब मेरा लागि मेरो भगवान बन्छ । जब दिन भरीको तिर्खा मेटाउन म घरमा आएर एक कप तातो चिया खान्छु, त्यो बनाएर मलाई दिने मेरी माता मेरी भगवती हुन् । म प्रत्येक पलमा आफ्नो भगवानसँग साक्षात्कार गर्छु । मेरो भगवानको परिभाषामा ढोङ्गी बाबाहरु, जादूगर वा चमत्कारी अटाउदैनन् । मेरो गोजी गरम राख्न मलाई मद्दत गर्ने मेरो काम नै मेरो भगवान हो, काम गर्नका लागि मैले सिकेको सीप नै मेरो भगवान हो । मैँले बाड्न सकेको प्रेमले अरुको मुहारमा ल्याउने मुस्कानको सानो छविले दिने सुख नै मेरो भगवान हो । मैले यति दान गरे, उति दान गरे भनेर हात्तिमाथि बसेर बजार परिक्रमा गर्ने काम मेरा लागि मिथ्या लोकप्रियताका लागि गरिने ढोङ्ग मात्र हुन, आपत परेको मान्छेलाई १०० रुपैया सापट दिनु वास्तविक दान हो । सीता हरण गरेको निँहुमा रावणलाई अधर्मी मान्ने तर रुक्मणीहरण गर्दा चाँही कृष्ण भगवानको नाम दिने धर्म मेरो होइन, तर मलाई दया करुणा र परोपकारको सन्देश दिने प्रत्येक कार्य मेरा धर्म हुन र यी यस्तै परिभाषा र अवस्थाहरु नै मेरा भगवान् र धर्म हुन । अब तपाईको भगवान्को खोजी तपाईकै हातमा, तपाईको खोजका लागि तपाईलाई शुभकामना ।

18 January 2012

Does poverty sound enough??



Poverty is an important dimension of human well being and vulnerability. Poverty can be defined with various indicators with the subject of absolute or relative, subjective or objective however the central idea measuring poverty is to provide a quick overview to the level of income and other acceptable living standard measures of economic growth. Poverty is subjected to the human rights as the Universal Declaration on Human Rights (UDHR) on its article 25 recognizes "the right to standard of living adequate for health and well being of himself and his family including food, clothing, housing and medical care and necessary social services and the right to security in the event of unemployment, sickness, disability, widowhood, old age or other lack of livelihood in circumstances beyond his control''. Poverty also affects the rights such as the right to work (art. 23 UDHR), the right to education (art. 26 UDHR) and cultural rights (art. 27 UDHR).
There have been different approaches and measures to define and measure poverty and the population underlined. Internationally, for instance, poverty lines are developed by taking average of poverty lines used in group of low income developing countries (Ravallion and Chen 1997). Currently one of the regular inspectors of poverty lines across the world 'World Bank' uses the lines of 1.25 USD and 2.5 USD as per capita daily income in purchasing power parity international dollars(i).


In context of Nepal poverty are measured in term of a person or household according to the sources of data realized, with the basis assumption on the daily consumption need of 2,124 calories for an average person with the variations by individuals, geographic and occupational characteristics. This need for food, together with allowances for other non food needs, translated to NPR 4,404 per year in 1995/96. Appropriate cost of living adjustments are made to determine poverty line for any other year. With these adjustments, for example, the poverty lines were determined to be NPR 7,696 for 2003/04 and NPR 9,000 for 2008(ii).

With the discussion above this article deals with the comparative analysis of the indicator and measurement of the current poverty status in context of Nepal. In the line of monetary measurement in differential status of living, poverty status alone can't be subsequent indicators for the measurement of exact influential factors for poverty. This is to be implied that the other dimensions and indicators has to be taken into consideration for the poverty measures. It is the fact that the current indicators of Millennium Development Goals (MDGs) 1: Eradicate extreme poverty and hunger with its following targets and indicators fully imply with money indicators.

For instance, if we take the indicator percentage of population living below $1 purchasing power parity per day it is an absolute monetary measure and others follow the same expect indicators 1.2 and 1.5 (which deal with poverty gap ratio and employment to population ratio respectively considered for the measurement in terms of other monetary indicators). These analysis neglects the other impactful measures of standard of living in relevancy to UDHR like sanitation, cooking food, water accessibility and adequacy, asset ownerships, etc. The other research and the studies focusing these particular areas should be incorporated to measure poverty line up in regard to the UDHR and other basic human rights can be enjoyed according to the law of the land.


Data observed furthermore in these contexts like percentage of income poor ($ 1.25 per day) is 55.1% and relatively percentage of income poor ($2.00 per day) is 77.6 % and percentage of poor (national poverty line) is 30.9% ( World Development Indicators 2011, World Bank). These are deprived from the same indicators discussed above however the indicators like child mortality (being 30% MoHP, 2011), nutrition status (being 40%, UNICEF 2010), access of electricity (being 45 % approx. UNDP 2010) are neglected in the computation. These indicators serve as the reporting instinct for the overall demographic study with one simple data outcome. Nonetheless, the author is not suggesting incorporating all the indicator of human well beings however with the ratification of documents like UDHR, UN Global Compact, Convention on Right of Child (CRC) and all other legal instruments should direct the measure of the poverty line. Following the same article of UDHR (art. 25), the basic compliances like water, sanitation, electricity, house, assets, employment, social security, income level, education, economic freedom and the like are needed to be undertaken in computation of poverty index according to the weight-age of their essentialities in daily life of a human being. The persecution of the resources and other essential indicators thus being made in the computation of poverty index in the developing countries either by World Bank or the national governments with the help of the corresponding UN systems should be altered with relevant methodologies.




1. World Bank, 2011, Washington D.C.
2. Central Bureau of Statistics 2005, National Planning commission 2010.